काठमाडौँ - विद्यालय शिक्षा विधेयक २०८० को प्रावधान प्रति असहमती जनाउँदै शिक्षकहरुले सञ्चालन गरेको आन्दोलनको कारण भएको विद्यालय बन्दले बालबालिकाको पठनपाठनमा परेको असर प्रति काभ्रे जिल्लाको स्थानीय सरकारहरुको गम्भिर ध्यानाकर्षण भएको छ। संविधान प्रदत्त शिक्षकहरुको पेशागत अधिकार संरक्षणमा काभ्रे जिल्लाको स्थानीय सरकारहरु संवेदनशिल रहेको प्रेश विज्ञप्तिमा जनाइएको छ। विद्यालय शिक्षा विधेयक २०८० को कतिपय प्रावधान संविधान विपरित देखिएकोले उक्त विधेयक यथासिघ्र फिर्ता गरेर सर्वपक्षिय छलफल तथा वार्ताबाट संविधान अनुकुल विद्यालय शिक्षा विधेयक तयार गरेर मात्रै संसदमा पेश गर्न आग्रह गरेको छ । विद्यालय बन्दको कारण बालबालिकाको शिक्षामा परेको असर उपर संवेदनशिल हुदै तत्काल विद्यालय सञ्चालन गर्न सम्पूर्ण विद्यालयहरुलाई निर्देशन गर्ने र यदि तत्काल विद्यालय सञ्चालन नगरेमा स्थानीय सरकारले संवैधानिक व्यवस्था अनुसार पठनपाठन सुचारु गर्न बाध्यहुने उक्त प्रेश विज्ञप्तिद्धारा जानकारी गराइएको छ ।
१.कुन्साङ लामा-प्रमुख-नमोबुद्ध नगरपालिका
२. रामशरण भण्डारी- प्रमुख -पनौती नगरपालिका
३. शान्तीरत्न शाक्य -प्रमुख- बनेपा नगरपालिका
४.रेणुका चौलागाई -अध्यक्ष -चौरीदेउराली गाउँपालिका
५. दिनेश लामा -अध्यक्ष -रोशी गाउँपालिका आवतनकार
६. भगवान अधिकारी- अध्यक्ष - बेथानचोक गाउँपालिका
७.कान्छालाल जिम्बा -अध्यक्ष - महाभारत गाउँपालिका
८.निराजन जंगम कार्यवाहक- प्रमुख -धुलिखेल नगरपालिका
९, मिमबहादुर वाईबा -उपाध्यक्ष -रोशी गाउँपालिका
१०.इन्द्र बहादुर थिङ -अध्यक्ष -खानीखोला

प्रतिक्रिया