तरकारी बोकेर रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको सिङ्गल क्याप जिप बिहान सवा ६ बजेतिर सल्यान कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेतापैरामा दुर्घटनामा परेको छ ।
उक्त दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृतकको पहिचान हुन भने सकिरकेको छैन ।
जिपमा सवार अन्य तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि दाङ पठाउने तयारी भइरहेको छ । जिप सडकबाट साढे तीन सय मिटर तल खसेको सल्यान प्रहरीले जनाएको छ ।
रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोर खोलानजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रतिक्रिया