काठमाडौं – संसदमा सुशासन र विकासका भाषण चर्को रुपमा गर्ने नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहाल (राजन) माथि नदी दोहन गरिएको बालुवा तस्करी गरी घर बनाएको आरोप लागेको छ ।
सिन्धुली क्षेत्र नम्बर २ का सांसद लेखनाथ दाहालले उर्फ राजनले सिन्धुलीमाडीस्थित घर निर्माणका लागि तस्करीको बालुवा बोकेका टिपर र जेसीबी स्थानीय बासिन्दाले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको समाचार प्राप्त भएको छ ।
सिन्धुलीको मरिण गाउँपालिका प्रमुख बिमर्श मोक्तान प्रख्यातको पहलमा सांसद दाहालको घर निर्माणका लागि तस्करीको बालुवा बोकेको टिफर र जेसीबी स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कपिलाकोटमा बुझाएको तस्वीर नै कुमार लामाले सामाजिक संजाल फेसबुकमा राखेका छन् ।
लामाले मरिण गाउँपालिका वडा न ४ का जनप्रतिनिधि स्थानीय बासिन्दाद्वारा बालुवा तस्करी गरिरहेको अवस्थामा उक्त २ थान गाडी नियन्त्रणमा लिई प्रहरीमा बुझाएको लेखेका छन् ।
प्रतिक्रिया