धामीमाथिको सांघातिक आक्रमणप्रति महासंघको ध्यानाकर्षण

सोमबार, ०८ असोज २०८०, १८ : २७

काठमाडौँ - रातोपाटीकर्मी कृष्णसिंह धामीमाथि दिनदहाडै सांघातिक आक्रमण भएको छ । सोमबार पाँचरछ जनाको समूहमा आएका व्यक्तिहरुले धामीमाथि रातोपाटीको केन्द्रीय कार्यालय बखुण्डोल नजिकै सांघातिक आक्रमण गरेका हुन् । 

 दिउँसो करिब साढे ४ बजेतिर खाजा खाएर कार्यालयतर्फ फर्किने क्रममा धामीलाई उनीहरुले अन्धाधुन्ध आक्रमण गरेका हुन्।  मुक्का प्रहारबाट धामीको टाउकोलगायत विभिन्न भागमा चोट लागेको छ । उनको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ । 

उक्त घटनाप्रति नेपाल पत्रकार महासंघले  प्रेश विज्ञप्ति जारी गर्दै  गम्भीर ध्यानार्कषण जनाएको छ । आजको अर्थ परिवार उहाँको शिघ्र स्वाथ्य लाभको कामना गर्दै दोषीमाथि छिटो भन्दा छिटो कारवाही माग गर्दछौँ । 

सोमबार, ०८ असोज २०८०, १८ : २७

प्रतिक्रिया