कोशी,वाग्मती र गण्डकी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

मंगलबार, ०९ असोज २०८०, ०८ : १५

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार मङ्गलवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी ,वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मङ्गलवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

मंगलबार, ०९ असोज २०८०, ०८ : १५

प्रतिक्रिया