किन पर्छ अनुहारको छाला चाउरी ? चाउरी पर्न नदिन अपनाउनुहोस् यस्ता टिप्स

बुधबार, १३ चैत्र २०७५, १४ : ५७

काठमाडौँ – अनुहार तथा हात–गोडाको छाला चाउरी परेपछि हामीमध्ये धेरै अब बुढ्यौलीले छायो भनेर चिन्तित हुन थाल्छौं । छालाको चाउरीपना हटाउन विभिन्न झोल औषधि, भिटामिन र लोसनको प्रयोग गर्न पछि पर्दैनौं । कतिले त शल्यक्रिया नै गर्छन्।

उमेर सँगसँगै पनि छाला पातलो, सुख्खा हुन्छ र लचकता गुमाउँदै जान्छ । यसपछि छाला फेरि पुरानै अवस्थामा फर्काउन कठिन हुन्छ । सुरुमा हाम्रो आँखा, गाला, निधार, आँखीभुइँ जस्ता भागको छाला चाउरी पर्न थाल्छ । किनभने यी सबै ठाउँ खुला हुने भएकाले घाम नियमित रुपमा परिरहेको हुन्छ । त्यसपछि प्रदुषण, धूमपान, बढी वजन, पानीको कमी, भोजन, तनाव र जिउने शैलीको प्रभावले छाला छिटै चाउरी पर्न थाल्छ ।

अनुहारको चाउरीपनबाट जोगाउने महत्वपूर्ण टिप्सः

पाकेको केरालाई पेस्ट बनाएर अनुहारमा दल्नुहोस र आधा घन्टापछि मन तातो पानीले अनुहार धुदा अनुहारमा निखार आउनुका साथै चाउरी पर्नबाट जोगाउँछ । जुन पायो त्यही साबुनले मुख धुँदा अनुहारमा चाउरी पर्छ । तसर्थ राम्रो फेसवासले मुख धुनुपर्छ ।

दुई चम्चा मह र चार चम्चा पाउडर दुधलाई मनतातो पानीमा मिसाउने र यो पेस्टलाई अनुहारमा दल्ने । दश मिनेटपछि अनुहार धुँदा अनुहारको छालामा निखारता आउनुका साथै छाला कसिलो हुन्छ ।

घ्युकुमारीको रस निकालेर निमित अनुहारमा दल्नुहोस् । यसमा हुने विशेष प्रकारको एसिडले अनुहारको छालाको कोषलाई बलियो बनाउँछ र समयमै च्याउरी पर्न वा धोल्लो हुनबाट बचाउछ ।

एक टुक्रा अदुवालाई मसिनो गरी पिस्नुहोस र त्यसमा एक चम्चा मह मिसाएर बिहान र बेलुका खानुहोस् । यसले अनुहारको छालाको कसिलो बनाउने कोलेजेसनलाई टुट्नबाट बचाउँछ । यसले अनुहारमा धर्सा आउन र छला झोल्लिनबाट जोगाउँछ ।

साँझ एक मुठी आलमोन्ड काँचो दुधमा भिजाउनुहोस् । बिहान उठेपठिे बोक्रा फालेर आल्मोन्ड पिसनुहोस र पेस्टलाई अनुहारमा दल्नुहोस । आधाघन्टापछि अनुहार मन तातो पानीले सफा गर्नुहोस् । तपाईको छला जवान व्यक्तिको जस्तै देखिन्छ ।

जैतुनको तेलले अनुहार सफा गर्नुहोस् । यो तेलमा भिटामिन ए र ई हुन्छ जसले छालालाई कसिलो बनाउँछ ।

पाकेको मेवालाई पिसेर त्यसमा दुई चम्चा मह मिसाएर अनुहारमा दल्ने । १० मिनेटपछि मन तातो पानीले अनुहार सफा गर्नुहोस् । नियमित रुपमा यो अभ्यास गर्दा अनुहारको छाला कसिलो हुन्छ ।

कागतीमा साइट्रिक एसिड हुन्छ । कागतीको रसलाई दही वा महमा मिलाएर अनुहारमा लगाउनुहोस । अनुहारमो छालामा सुक्न लागेको कोषलाई बलियो बनाउनुको साथै कोष बृद्धि गर्छ ।

बुधबार, १३ चैत्र २०७५, १४ : ५७

प्रतिक्रिया