प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आइतबार, ०१ असार २०८२, ०७ : ५५

काठमाडौं- संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँवानेश्वरमा बस्नेछ । 

बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ । 

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ बैठकमा पेस गर्नेछन् । 

उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् । 

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने समेत संसद् सचिवालयले जानकारी दिएको छ । 

आइतबार, ०१ असार २०८२, ०७ : ५५

प्रतिक्रिया