काठमाडौं- जर्मन विदेशमन्त्री जोहान वाडेफुलले इजिप्टको भ्रमणका क्रममा इजरायली आक्रमणपछि यस क्षेत्रको अवस्था बिग्रँदै गएको बताएका छन् । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै वाडेफुलले इजरायली आक्रमणलाई चिन्ताजनक रहेको बताए ।
उनले थप अस्थिरताबाट बच्न सबै पक्षबाट संयमता अपनाउन आग्रह समेत गरे । अब्देलाट्टीले फ्रान्स, ग्रीस, साइप्रस, इराक र कतारका आफ्ना समकक्षीहरूसँग छुट्टाछुट्टै फोन वार्ता पनि गरेका छन् ।
कुटनीतिज्ञहरू तनाव कम गर्न र सो क्षेत्रलाई अराजकतामा फस्नबाट रोक्नको लागि निकट समन्वय कायम राख्न र संयुक्त प्रयासहरू बढाउन सहमत भएका छन् । -एजेन्सी
प्रतिक्रिया