सफ्टवेयरमा समस्या आएपछि भएन शेयर कारोवार

बुधबार, १३ चैत्र २०७५, १६ : ३३

काठमाडौँ – प्राविधिक समस्या आएपछि आज नेपाल स्टक एक्सचेञ्जको शेयर कारोवारमा समस्या आएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज अपराहन १.४२ देखि शेयर कारोवारमा समस्या देखिएको हो । 

स्टकका प्रवक्ता मुराहरि पारजुलीले प्राविधिक समस्याका कारण कारोवारमा समस्या आएको र समय थप गरेर भएपनि कारोवार गराउने तयारी गरिएको छ । उहाँले थापाथलीमा रहेको ‘डेटा हव’ मा समस्या आएको र त्यसको निरुपणका लागि प्रयास भइरहेको जानकारी दिनुभयो । 

कालिका सेक्युरिटीजका प्रमुख नरेन्द्र सिजापतिले प्राविधिक समस्याका कारण आज शेयर खरीद बिक्री गर्न नसकिएको जानकारी दिनुभयो । उहाँले पनि सफ्टवेयरका कारण कारोवारमा उल्झन देखिएको गुनासो गर्नुभयो । 

बुधबार, १३ चैत्र २०७५, १६ : ३३

प्रतिक्रिया