शनिवारदेखि पर्वतमा बेपत्ता जिप एक जनाको शव सहित फेलामोदी किनारमा भेटियो

आइतबार, १४ असोज २०८०, ०८ : ०२

शनिबार साँझ बागलुङदेखि पोखराका लागि छुटेको जीप पर्वतको  कुश्मा नगरपालिका-७ र ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएको जीप ३०० मिटर तल मोदी किनारमा फेला परेको छ ।

 जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव पनि सोहीँ स्थानमा भेटिएको छ भने दुई जना अझै बेपत्ता छन् । बागलुङदेखि पोखराका लागि छुटेको ग१ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता पारेको थियो । बेपत्तामध्ये बिहान उछिट्टिएको अवस्थामा एक जनाको शव फेला परेको पर्वतका प्रहरी प्रमुख खुमलाल भुसालले जानकारी दिएका छन् । 

 तिलोत्तमा नगरपालिका वडानम्बर ९ निवासी गोपालप्रसाद बस्यालको शव फेला परेको भुसालले बताए । बेपत्ता २ जनाको खोजी कार्य भइरहेको छ ।
गाडी चालकले भने आफू भागेर बाँच्न सफल भएको बताएका छन् । उनी अहिले प्रहरी नियन्त्रणमा छन् । गाडी रोक्न पछाडि पांग्रामा ढुंगाको आड लगाउँदा लगाउँदै बाढी आएपटि आफू भागेको तर ३ जनासहित जीपलाई भने बगाएकोे चालकले बयान दिएका थिए ।

गाडीलाई रोकेर यात्रु झार्ने तयारी गर्दा गर्दै माथिबाट एक्कासी रुख, ढुंगामुडा र माटोसहित आएको बाढीले जीप बगाएर बेपत्ता पारेको थियो । बिहान जीप ३०० मिटर तल टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको र तालिम प्राप्त गोताखोर मगाएर बेपत्ताको खोजी भइरहेको डिएसपी भुसालले जानकारी दिए । 

आइतबार, १४ असोज २०८०, ०८ : ०२

प्रतिक्रिया