रोकिएन अवैध सुन ल्याउने क्रम,कसरी समातियो ७०० ग्राम सुन ?

आइतबार, १४ असोज २०८०, ०८ : ४१

सुन काण्डकै कारण बदनाम भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुनसहित एक युवतीलाई पक्राउ गरिएको छ । दुबईबाट काठमाडौँ आएको फलाई दुबई एयरलाइन्सको जहाजबाट त्रिभुवन विमानस्थलमा उत्रिएकी फिलिपिनी  महिनाको साथबाट दुई केजी ७०० ग्राम तरल अवस्थामा शरीरको भित्री लुगामा लुकाएर ल्याइएको सुन पक्राउ गरिएको हो।

विमानस्थलको आगमन कक्षको एक्सरे  गरिरहेका प्रहरीलाई शङ्का लागेपछि ति  महिलालाई थप चेकजाँच गर्दा तरल अवस्थामा लुकाएर ल्याएको सुन बरामद गरिएको त्रिवि विमानस्थलमा खटिएका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार फिलिपिनी  महिलाले महिलाले मात्रै लगाउने भित्री वस्त्रमा लुकाएर तरल अवस्थाको सुन बोकेर आएकी थिइन् । 

अध्यागमन पार गरिसकेर बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेको हो । त्रिविमा खटिएको प्रहरीले सुन सहित भन्सार कार्यालयमा बुझाएको छ । उनले दुबईबाट सुन बोकेर नेपाल आएको बुझिएको छ । पछिल्लो समय दुबईबाट दैनिक रूपमा नेपालमा सुन भित्रँदै आएको छ ।
 

आइतबार, १४ असोज २०८०, ०८ : ४१

प्रतिक्रिया