आजको अर्थ डटकमका सम्पादक डि.सी.लाई पृत्रीशोक

आइतबार, १४ असोज २०८०, ०९ : १७

आजको अर्थ डट.कम.का सम्पादक कमलेश डि सी लाई पृत्रीशोक परेको छ ।  हिजो शनिवारका दिन दिउँसो ३ः३५ मिनेटमा सम्पादक डि सीका बुवाको १०१ वर्षको उमेरमा निधन भएको हो।

 तुलसीपुर उपमहानगरपालिका १३ दाङ घर भएका कमलेश डि सीका बुवा अन बहादुर डाँगीको १९८० कार्तिक महिनामा जन्म भएको थियो , पछिल्लो केही महिनायता प्रोस्टेटको समस्या रहेको   डाँगीको उपचारकै क्रममा आफ्नै घरमा मृत्यु भएको हो । 

दुःखद मृत्युको घडीमा आजको अर्थ सम्पादक डि.सी.को बुवा अन बहादुर डाँगीको मृत्युमा स्तब्ध रहेको आजको अर्थ डटकम परिवारले स्वर्गीय डाँगीको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्दछौ। 

आइतबार, १४ असोज २०८०, ०९ : १७

प्रतिक्रिया