बाहिर हल्ला चले जस्तो कमजोर छैन देशको अर्थतन्त्र : अर्थमन्त्री महत

६ महिना अगाडि

बाराको जीतपुरमा पुगेर एक कार्यक्रम सम्बोधन गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले अर्थतन्त्र सुधार गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताएका छन्।

सिमरा उपमहानगरपालिका–७ मा ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सञ्जीवनी वाटिकाका नवनिर्मित भवनको उद्घाटन तथा ज्येष्ठ नागरिकहरूको सम्मान कार्यक्रममा बोल्दै महतले देशमा उत्पन्न हरेक आर्थिक सङ्कटलाई हल गर्ने गरी काम अगाडि बढाइरहेको जानकारी दिएका हुन्।

नाकाहरूलाई व्यवस्थित गर्न बन्द उद्योगहरूलाई सञ्चालनमा ल्याउने, उद्योग व्यापारलाई वृद्धि गर्न, उत्पादन बढाउन, राजस्व चुहावटलाई रोक्न, शेयर बजारलगायतका कामहरू सरकारले तदारुकताका साथ अगाडि बढाइरहेको भन्दै अर्थमन्त्री महतले देशको अर्थतन्त्र लयमा आएको अर्थमन्त्रीको भनाई छ ।

अहिले मिडियामा नेपालमा अर्थतन्त्र खस्केको भन्ने भ्रामक प्रचारबाजी गरी विदेशीहरूलाई नेपालमा लगानी गर्न नदिनेसम्मको  भ्रम छर्ने काम भएको भन्दै मन्त्री महतले नेपालको अर्थतन्त्र कमजोर नरहेको र पहिलाभन्दा अहिले धेरै सुधार भएको बताएका छन् । 

देशबाट पलायन हुने युवाहरूलाई देशमा नै रोजगारीको सृजना गर्ने बताउँदै मन्त्री महतले नेपालमा आर्थिक रूपान्तरणको ठुलो सम्भावना रहेको जानकारी दिएका छन् । व्यापार, उद्योग दर्ता गर्नका लागि सरकारले शुल्क नलिने पनि मन्त्री महतले उल्लेख गरेका हुन । 

६ महिना अगाडि

प्रतिक्रिया