सेयर बजारमा सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरीः अर्थमन्त्री

सोमबार, १५ असोज २०८०, १३ : ३४

काठमाडौँ - अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर बजारमा आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी रहेको बताएका छन् । 

नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले सोमबार काठमाडौँमा आयोजना गरेको वल्र्ड इन्भेस्टर विक–२०२३ मा बोल्दै अर्थमन्त्री महतले सेयर बजारलाई स्वस्थकर बनाउँदै आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी रहेको बताएका हुन् । 

इनसाइडर ट्रेनिङ र सूचना लिक हुने प्रवृत्तिलाई धितोपत्र बोर्डले नियमनको दायराभित्र ल्याउनुपर्ने उनले बताए । उनले लगानीकर्तालाई धितोपत्र बोर्डले साक्षर बनाउनुपर्ने र  सुरक्षाका ज्ञान र जागरुकता पैदा गर्न जरुरी रहेको धारणा राखे ।

महतले विविध कारणले सेयर बजार अहिले तल झरेको र माइक्रो म्यानेजमेन्टमा समस्या भएकाले समाधान हुने विश्वास व्यक्त गरे । 

उनले सेयर बजार सुधारका लागि केही निर्णय चाडै आउने जिकिर गरे । 

सोमबार, १५ असोज २०८०, १३ : ३४

प्रतिक्रिया