नेपाल दुई ठुला अर्थतन्त्र बिचको पुल हुनु पर्छ : किरण

६ महिना अगाडि

राप्रपाका नेता रवि किरण हमालले नेपाल अब पृथ्वीनारायण शाहको पालाको मान्यता भन्दा माथि उठ्नुपर्ने बताएका छन्। राप्रपा, अन्तर्राष्ट्रिय सम्बन्ध विभागद्वारा आयोजित ''नेपालको परराष्ट्र नीति : विगत, वर्तमान र भविष्य,'' विषयक विचार गोष्ठी कार्यक्रममा सहभागी किरणले पत्रकारलाई प्रतिक्रिया दिदै शीतयुद्धको धङधङी साथै पृथ्वीनारायण शाहले स्थापित नेपाल दुई ढुङ्गा बिचको तरुल भन्ने मान्यता बदल्नुपर्ने बताएका छन् ।

नेपालले राष्ट्रिय एकता कायम गर्ने , हिन्दुत्वको पहिचानलाई पुनः स्थापना गर्ने, नेपालको सभ्यता र संस्कृतिलाई पुनर्जागरण गर्ने बाहेक अन्य विकल्प नरहेको किरणको दाबी छ । हाम्रा दुई छिमेकी अन्तर्राष्ट्रिय राजनीतिलाई समेत प्रभावित पार्ने ल्याकत राख्छन् , आर्थिक रूपमा सम्पन्न हुँदै छन् ( उनीहरूलाई मिलाएर जोडेर नेपालले उन्नति हासिल गर्ने खालको परराष्ट्र नीति अगाडि सार्नुपर्ने किरणले बताए ।

राजाहरूले नेपाललाई बरबाद बनाउने लक्ष्य सहित गिद्धे नजर राख्ने शक्तिलाई परास्त गरेको पनि किरणले बताए ।
उनले भनेका छन् ञ विश्व बहु ध्रुवमा गइरहेको छ , नेपालले पनि आफ्नै ध्रुव निर्माण गर्न सक्नुपर्छ , कसैसँग जोडिएर होइन आफ्नै शक्ति निर्माण गरेर देखाउनुपर्छ झ ।

किरणले नेपालको परराष्ट्र नीतिमा चार प्रमुख समस्या समेत औँल्याएका छन् । उनले राष्ट्रिय एकता कायम गर्न नसक्नु , नेपालको हिन्दुत्व सहितको पृथक् पहिचान स्थापित नहुनु , वैचारिक निकटताको आधारमा सम्बन्ध विस्तार गर्नु र सत्ता स्वार्थ प्रेरित भएर सम्बन्ध निर्माण गर्ने परिपाटीले परराष्ट्र नीतिमा सङ्कट आएको बताए ।
 

६ महिना अगाडि

प्रतिक्रिया