बुढानीलकण्ठ न.पा.कपनका स्थानीयले काठमाडौँ उपत्यका विकाश प्राधिकरण जिल्ला आयुक्तको कार्यालय सम्बोधन गर्दै विज्ञप्ति जारी गरेका छन् ।
केही महिनाअघि महानगरपालिकाले नगरपालिकाको वडा नं. १० सात तले कपन र महानगरपालिका वडा नं. ७र६ मा पर्ने विवादमा रहेको खोला सीमा र स्वल्याब फुटाएर लथालिङ्ग छाडेको, समस्या समाधानको कुनै उपाय नगरेको भन्दै तत्काल समस्या समाधानको लागि विज्ञप्ति मार्फत जानकारी गराएका छन्।
भत्काएसी बनाउनुपर्छ भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए। बर्षातको मौसममा जबरजस्ती भत्काएर,अहिले अस्टव्यस्ट छोडेर महानगरको स्थानीय सरकार कानमा तेल हालेर बस्न नहुने स्थानीयको भनाई छ।
विवादसँगै स्थानीय, नगरपालिकाका जनप्रतिनिधि र महानगरपालिकाले विवादित क्षेत्रलाई तत्काल हल गर्नका लागि तिन बुँदे सहमतिमा सम्झौता गरेको र हाल सम्झौता बमोजिम कुनै पनि काम कार्यान्वयन नभएको स्रोतले जनाएको छ।
काठमाडौँ उपत्यका विकाश प्राधिकरणमा बु.न.पा.का मेयर मिठा राम अधिकारी, नगरका वडा १० का अध्यक्ष , का.म.न.पा.७ का अध्यक्ष र ६ का सदस्य ,धोबिखोला मिलन चोक सरोकार तथा समन्वय समिति सहित सयौँको सङ्ख्यामा स्थानीयहरूको सहभागिता थियो।
ज्ञापन पत्रको बुँदागत सार यस्तो छ
विषय आयोजनाको काम सुचारु गर्ने बारे
उपरोक्त विषयमा का.म.न.पा.र कपनको सीमाकी कपन तर्फको खुल्ला उन असाध्यै दुर्गन्धित भई २०६१ साल मानै तत्कालीन ढल तथा बाटो निर्माण उपभोक्ता समिति बनाई, जिल्ला विकास समिति, तत्कालीन कपन गा.वि.स.तथा का.न.पा.६ समेतको सरकारी बजेट र सम्पूर्ण उपभोक्ताबाट समेत रकम उठाई व्यवस्थित ढल निर्माण भएको थियो । सो चन्वा मार्गमा सरस्वती नगर सुधार सङ्घले २०६३१०१८ मा कालोपत्रे गर्ने भनी दुवै तर्फ बाट रकम उठाई पिच समेत भई सकेको बाटो हो । उक्त बाटोमा पिच गर्न सरकारी तवर बाटै सात तल्ले आनीगुम्बा सडक निर्माण ठेक्का लागि काम सुरु भई पेटी राख्ने कुरामा दुईतर्फको विवाद हुँदा सरस्वती नगर सुधार संघलेने गरेको सहमतिमा काठमाडौँ महानगर ६ तथा ढल माथि गरेर ८ मी र १ मी फुटपाथ सडक बनाइने छ भनी निर्णय गरेकोमा पिच हुने ठेकेदारले काम छाडी भागेकोले काम सम्पन्न हुन सकेन ।
उक्त हलमा ठुलो मात्रामा कपन जग डोल देखि र का.म.न.पा वडा नं.६ को आरु बारी, सिमल टार, महाकाल समेतबाट आफ्नो सहायक ढल हालेको कारण बर्सादको पानी नअटेर डुबान समस्या आउन थालेकोले डुबान समस्याको समाधानको लागि प्राविधिक अध्ययन अनुसन्धान बाट आगामी ५० वर्ष सम्म धान्ने गरी बक्स कल्भर्टको डिजाइन गरी सङ्घीय सरकारबाट बजेट परि, ठेक्का लागि सात तल्ले आनिगुम्बा सडकमा बक्स कल्भर्ट काम सुरु भई सकेको छ। पहिलो चरणमा आनि गुम्बा सम्मको माथिल्लो भाग बनि सकेकोले डुबान समस्या पनि समाधान भई सकेको छ । दोस्रो चरणको आनीगुम्बा देखि कपन चौकी सम्मको भागमा अधिकाश भाग बनी सकेको र केही बाँकीमा धमाधम काम भई राखेको छ । तेन्जिङ चोक तर्फबाट आएको बक्स कल्भर्ट आरम्भ चौकमा आएर सम्पन्न भई सकेको छ ।
तेस्रो चरणमा धोबिखोला देखि माथि ५०० मी भाग मिति २०७९१२ मा ठेक्का सम्झौता भई धोबिखोला देखि सात तल्ले सम्म काम सुरु भई सकेको छ । बाँकी ७०० मिटरमा ठेक्का लाग्ने चरणमा छ । यसै बिचमा काठमाडौँ महानगरपालिकाले तेस्रो चरणको काम भई रहँदा मिति २०८०-०४-२५ गते देखि उक्त उन भिकेबाट काममा अवरोध भएकोले उपभोक्ताहरू बाट उच्च उक्त स्थान पुनः दुर्गन्धित भई स्वच्छ वातावरणमा बस्न पाउने नागरिकको मौलिक हक माथि आघात हुने रोग, व्याधि आउने समेतका कारण बक्स कल्भर्ट काम सुचारु गर्न यस कार्यालय समेतलाई विपक्षी बनाई दायर परमादेशको रिटमा उच्च अदालत पाटन बाट मिति २०५०।५।२५ मा आयोजनाको काम सुचारु गर्न अन्तरिम आदेश समेत जारी भएको छ ।
यस अवस्थामा काठमाण्डौं महानगरपालिका भुमिगत उल मिकेबाट हाल उक्त स्थान पुनः दुर्गन्धित भई बसोबास गर्न समेत नसकिने अवस्थामा छ कपन तर्फ सुरक्षा वाल नभएकोले ढल झिके पछि बर्सादको भेलले छेउछाउका घरजग्गा जोखिममा रहेका, वाल नभएको कारण बाढी पसी भित्री बस्ती समेत डुबानमा परेको, बिजुलीका पोल ढल्न लागेका र किनाराको बाटो भत्किन गई आवत जावतमा कठिनाइ समेत भएको कारण उच्च अदालतको अन्तरिम आदेश लाई पालना गर्दै, माथि बाट बक्स कल्भर्ट बाट आएको इला मात्र बग्ने ठाउँमा खुल्ला राख्न नमिल्ने र खुल्ला राख्नु उपयुक्त समेत नहुँदा ढल, बाढी तथा बाटोको तिन वटै विकल्प भएको यस प्राधिकरणबाट लामो अध्ययन अनुसन्धान (बाट उपयुक्त देखिएको र ठेक्का समेत लागेको धोबिखोला मिलन चोक खण्ड को ५०० मी सम्मको तेस्रो चरणको बक्स कल्भर्ट आयोजनाको काम यथाशीघ्र पुरा गरी गराई स्वच्छ वातावरणमा बस्न पाउने हक सुरक्षित गरी पाउँ । साथै यस ज्ञापन पत्रको हस्तान्तरण पश्चात् पीडित कपनका नगर बासीहरूले तत्काल समस्या समाधान हुने अपेक्षा गरेको एक स्थानीय पीडितले बताए।
प्रतिक्रिया