काठमाडौँदेखि साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौँमै फर्किएको छ।
बुधवार राति सवा ११ बजे काठमाडौँबाट पाकिस्तानको कराँची पुगेको विमान फर्किएर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। विमानस्थल स्रोतका अनुसार जहाज आसपास केही खतरा भए त्यसको सङ्केत दिने प्रविधि ''टिकास'' मा खराबी भएपछि विमान फर्किएको हो ।
नेपाल वायुसेवा निगमले २०८० भाद्र २० गतेदेखि काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान सुरु गरेको थियो । काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधवार र शनिवार उडान गर्ने गरेको छ ।
प्रतिक्रिया