प्रतिनिधिसभा बैठकमा शिक्षा विधेयक २०८० माथि छलफल गरिने

आइतबार, २१ असोज २०८०, ०७ : १२

 सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने समय तालिका रहेको छ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको तयार भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्नेछन् ।

यस्तै बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको जानकारी दिएको छ।

आइतबार, २१ असोज २०८०, ०७ : १२

प्रतिक्रिया