अर्थतन्त्र सुधारका लागि निकै ढिलो भैसक्योः अध्यक्ष अग्रवाल

६ महिना अगाडि

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र सुधारका लागि कत्ति पनि ढिलो नगर्न आग्रह गरेका छन् । 

बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष अग्रवालले ढिलो गरी गरिने उपचारले समाधान नदिन सक्ने तर्फ ध्यान दिन सरकार एवं नियामक निकायलाई अनुरोध गरेका हुन् । 

गम्भीर अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र, नियामक निकाय सबैले उच्च प्राथमिकता दिनुपर्ने बताए । “हामीले यस्तो विषम आर्थिक चुनौतीको समयमा पनि अर्थतन्त्र सुधार भन्दा राजनीतिक मुद्धाहरुमा  नै ध्यान केन्द्रित गर्ने हो भने आर्थिक हिसाबले मुलुक निकै अप्ठ्यारो अवस्थामा पुग्ने निश्चित छ”, उनले भने ।

 चितवनको शक्ति खोर औद्योगिक क्षेत्र र मकवानपुरको मयूर धाप औद्योगिक क्षेत्र सार्वजनिक निजी साँझदारी मोडलमा उद्योग परिसंघलाई  निर्माण तथा सञ्चालन गर्न दिन अनुरोध गरेका थिए।
 

६ महिना अगाडि

प्रतिक्रिया