बिग मार्टमा आगलागी: करोडौँ क्षति भएको दाबी

आइतबार, २१ असोज २०८०, ०९ : ५५

जनकपुरधामस्थित रमानन्द चोकस्थित रहेको बिग  मार्टमा आगलागी भएको छ । गए राती सवा १ बजेबाट भएको आगलागी करिब ८ घण्टा लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ।

मार्टमा भएको आगलागी जनकपुरधाम उपमहानगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, सबैला, नगरपालिका, सशस्त्र प्रहरी गण मधेस प्रदेश, नेपाल प्रहरी गण ढल्केवरको वारुण यन्त्र र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

 आफ्नै साढे दुई तल्ले भवनमा रामबाबु राय यादवले सञ्चालन गर्दै आएको मार्टमा आगलागी भएको हो। आगलागी हुँदा १० करोड भन्दा बढीको क्षति भएको सञ्चालकले दाबी गरेका छन्।
 आगलागीबाट मार्टमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा समेत क्षति पुगेको छ।

कुनै पनि मानवीय क्षति नभए पनि आगो नियन्त्रणमा आउन लामो समय लागेको प्रहरीको भनाई छ । 

आइतबार, २१ असोज २०८०, ०९ : ५५

प्रतिक्रिया