सरकार उपभोक्ता हित संरक्षणका सवालमा सचेत छः मुख्यसचिव डा.अर्याल

६ महिना अगाडि

नेपाल सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सके मात्र बजार अनुगमन प्रभावकारी हुने बताएका छन् । 

हिन्दु नेपालीहरूको चाड बडादशैं , शुभ दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा कालोबजारी तथा बिचौलियाहरूले चामल, तेल, चीनी, माछा मासु, लत्ताकपडाको मूल्यमा अस्वाभाविक मूल्य वृद्धि हुनुका साथै कृत्रिम अभाव सिर्जना भइरहेको बताएका छन्।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले विजुली बजारस्थित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले बजार मूल्य नियन्त्रण गर्न, अखाद्य पदार्थको मिसावट रोक्न र म्याद गुज्रेका खाद्य पदार्थ बिक्री वितरण हुनबाट रोक्न बजार अनुगमन नियमित र प्रभावकारी ढङ्गले हुनुपर्नेमा जोड दिएका छन् ।

बजारमा मूल्य वृद्धि, अखाद्य पदार्थको मिसावट र म्याद गुज्रेका खाद्य सामाग्रीहरूको बिगबिगी रहेको भन्दै मुख्य सचिव अर्यालले बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलगायत सबै निकायहरूले नियमित बजार अनुगमनमा ध्यान दिनुपर्ने बताएका छन् ।

कालोबजारी र बिचौलियाहरूका कारण पछिल्लो समय चीनी लगायतका खाद्य पदार्थहरूमा अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको प्रति इङ्गित गर्दै मुख्यसचिव अर्यालले अधिकार प्राप्त प्रशासनिक जगत् उपभोक्ता हित प्रवर्द्धनमा कठोर भएर लाग्न निर्देशन समेत दिए ।

चाडपर्वको समयमा आम उपभोक्तालाई सुपथ मूल्यमा अत्यावश्यक उपभोग्य बस्तु उपलब्ध गराउन जरुरी भएको भन्दै उनले साल्ट टेडिङ्ग कर्पोरेसन र खाद्य व्यवस्था कम्पनीलाई देशभर नै सुपथ मूल्य पसलको पहुँच बनाउन निर्देशन दिएको समेत जानकारी गराए ।

६ महिना अगाडि

प्रतिक्रिया