सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

मंगलबार, २३ असोज २०८०, ०७ : २०

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज असोज २३ गते मङ्गलवारका दिन अन्तिम रहेको छ ।

हाइड्रोपावरले साधारण सभा प्रयोजनका लागि भोली असोज २४ गते बुक क्लोज गर्ने भएको छ। यसर्थ, आजसम्म कायम सेयर धनीले मात्र कम्पनीको लाभांश हात पार्न र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी जम्मा १०.५२६३ प्रतिशत लाभांश वितरण गर्दै छ ।

सोही त लाभांश पारित गर्न कम्पनीले कात्तिक २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।

मंगलबार, २३ असोज २०८०, ०७ : २०

प्रतिक्रिया