रसुवामा भएको मिनी ट्रक दुर्घटनामा ३ जनाको मृत्यु ५ घाइते

मंगलबार, २३ असोज २०८०, ०९ : १८

रसुवामा सोमबार साँझ भएको मिनी ट्रक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। नेशिङबाट आलु बोकेर ग्रे गाउँतर्फ जाँदै गरेको बा ५ ख नम्बरको आयसर मिनी ट्रक साँझ ५: ४५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले जानकारी दिएका छन्। 

आमाछोदिङ्मो गाउँपालिका–२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना भएको थियो। दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो। 

३ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए। ट्रक सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा थप ५ जना घाइते भएका छन्। १ जनाको खुट्टा भाँच्चिएकाले जिल्ला अस्पताल रसुवामा उपचार भइरहेको र अन्य ४ जना सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जानकारी दिएको छ। 
 

मंगलबार, २३ असोज २०८०, ०९ : १८

प्रतिक्रिया