बझाङलाई केन्द्र विन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधवार राति १२ः२२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पबाट बझाङमा १ जनाको ज्यान गएको थियो। असोज १६ गते यता बझाङ केन्द्र विन्दु बनाएर दर्जनौपटक भूकम्प गएको छ। रातीको समयमा गएको भूकम्पको कारण स्थानीयमा त्रास छाएको छ , हालसम्म मानवीय तथा भौतिक क्षति भएको जानकारी प्राप्त नभएको स्थानीय प्रहरीको भनाई छ ।
असोज १६ गते बझाङ केन्द्र विन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पको धक्काले बझाङसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ठुलो भौतिक क्षति निम्त्याएको थियो।
प्रतिक्रिया