महराका छोरासहित चार जनाविरुद्ध सुन तस्करी मुद्दा

विहीबार, २५ असोज २०८०, १० : ४८

 विद्युतीय चुरोट (भेप)मा सुन हालेर तस्करी गरेको आरोपमा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित अन्य तीन जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालयले सङ्गठित अपराध, भन्सार छली र विश्वासघात गर्न नहुने कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको जनाएको छ ।

उक्त कसुर गरेको आरोपमा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित लोकेन्द्रकुमार पौडेल, दावा छिरिङ र निमा  गुरुङविरुद्ध अभियोजन दर्ता भएको हो । गुरुङ फरार छन् भने छिरिङ ६१ किलो सुन तस्करीका पनि आरोपी हुन् ।

विसं २०७९ पुस १० गते युनाइटेड  अरब इमिरेट्स (युएई) को दुबईबाट विद्युतीय चुरोट (भेप)मा लुकाइ ल्याएको आठ करोड ५५ लाख रुपैयाँ बराबरको करिब नौ किलो सुन तस्करी भएको थियो ।

विहीबार, २५ असोज २०८०, १० : ४८

प्रतिक्रिया