बौद्धमा गोली चल्यो, एक जना घाइते

विहीबार, २५ असोज २०८०, १४ : ३२

काठमाडौँ - काठमाडौँको बौद्धमा गोली चलेको छ। बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् । 

सिन्धुली घर भएका अमर घलान घाइते भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । 
 
ती अधिकारीका अनुसार सुन लुटपाटका साथै अन्य शंकास्पद गतिविधि गरिरहेको सूचनामा आधारमा पुगेको टोलीलाई जाइलागेपछि गोली चलाइएको हो । 

विहीबार, २५ असोज २०८०, १४ : ३२

प्रतिक्रिया