सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो

शुक्रबार, २६ असोज २०८०, १७ : ३५

काठमाडौँ - सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धि जाँचबुझ आयोगले मिति २०८० । ०६ । १६ देखि नेपाल सरकार, गृह मन्त्रालयको पुरानो भवनको परिसरमा कार्यालय स्थापना गरी प्राप्त कार्यदिश अनुसारको कार्यसम्पादनको कार्य गरिरहेको जानकारी गराएको छ ।

हालसम्म पदाधिकारीहरुको कार्यविभाजन, साप्ताहिक कार्ययोजना तर्जूमा, सार्वनजिक सूचना आव्हान, विज्ञहरुलाई आमन्त्रण र परामर्श, यसअघि भएका सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी छानविन प्रतिवेदनहरु माग गर्ने तथा प्राप्त स्रोत सामाग्रीहरुको अध्ययन कार्य समेत क्रमशः जारी रहेको छ ।

आयोगको कार्यसम्पादनमा सहयोग र सहजीकरणका लागि सुनको अवैध तस्करी सम्बन्धी छानबिन प्रतिवेदन वा अध्ययन प्रतिवेदनहरु र सुनको अवैध पैठारी ( तस्करी) सम्बन्धी अनुसन्धान वा शोधपत्रहरु भए उपलब्ध गराउन नेपाल सरकारका विभिन्न निकायहरु वा अङगहरु वा कार्यालयहरु, सम्बन्धित गैरसरकारी संघसंस्थाहरु, मानवअधिकारकर्मीहरु, अपराधशास्त्री, दिजीवी, न्यायविद एवं कानूनविद, अनुसन्धान तथा अभियोजन विषयक विज्ञहरु एवम पत्रकारहरु सहित आम जनसमुदायमा आयोगले   अनुरोध गरेको छ ।

 

शुक्रबार, २६ असोज २०८०, १७ : ३५

प्रतिक्रिया