विदेशबाट फर्कँदै हुनुहुन्छ ? के के ल्याउन पाइन्छ त नेपाल आउँदा जान्नुहोस्

शनिबार, २७ असोज २०८०, ०८ : ३१

के तपाई चाड मनाउन विदेशबाट नेपाल फर्कँदै हुनुहुन्छ वा तपाईँको कोहीँ आफन्त आउदै हुनुहुन्छ रु यदि त्यसो हो भने के कस्ता सामान र बस्तु कति मात्रामा नेपाल ल्याउन पाइन्छ त्यो बारे जानकारी हुनु जरुरी छ।

धेरैजसोले विदेशबाट आउँदा सुन, मोबाइल र टेलिभिजन लिएर आउने गरेको पाइन्छ । ती सबै बस्तु नेपाल ल्याउन त पाइन्छ तर सीमित मात्रा र संख्यामा मात्र। अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउँदा यस्ता वस्तुहरू कतिसम्म ल्याउन पाइन्छ भनेर तोकेको छ। 

यदि कोही महिला विदेशबाट आउँदै हुनुहुन्छ भने तपाईले ५० ग्रामसम्मको सुनको गहना ल्याउन पाउहुनेछ। जसको भन्सार तिर्नु पर्दैन। तर, पुरुषको हकमा भने त्यो सीमा कम छ । पुरुषले २५ ग्रामसम्मको सुनको गहना साथमा लिँदा भन्सार लाग्दैन । त्यो भन्दा बढीको भने भन्सार तिर्नुपर्ने हुन्छ ।

एक जना व्यक्तिले ९महसुल तिर्नु नपर्ने महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक० थप दुई सय ग्राम सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउँछन् । तर, गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएको सुनलाई गहनाको मान्यता प्राप्त हुँदैन।

विदेशबाट फर्किदा धेरैले ल्याउने भनेको मोबाइल फोन पनि हो । विदेशबाट फर्किने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन। श्रम स्वीकृति लिएर लगातार ६ महिना भन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाइन्छ । 

तर, यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पुरा गर्नु पर्छ । त्यस्तै, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन। 

तर, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी ल्याउन पाउँछन् । यसबाहेक अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्छ।

शनिबार, २७ असोज २०८०, ०८ : ३१

प्रतिक्रिया