मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । आज बिहान रुम्जाटारबाट लोबुचेका लागि सवा ७ बजे उडेको ९एन(एएनजे कल साइन भएको हेलिकोप्टर दुर्घटनामा परेको हो।
हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन उडेको हेलिकप्टर सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे। हेलिकप्टरमा पाइलट मात्रै रहेको र पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले बताएका छन् ।
दुर्घटनाबाट घाइते भएका सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । दुर्घटनामा घाइते भएका पाइलटलाई उपचारका लागि काठमाडौँ ल्याइने भएको छ।हेलिकोप्टरमा पाइलट पिके सेढाइ मात्रै रहेको खुलेको छ।
प्रतिक्रिया