सरकारले जर्मनीमा नेपाली श्रमिकका लागि संस्थागत व्यवस्थाबाट लैजान अबको तीन महिनापछि आवेदन खुलाउने तयारी गरेको छ।सम्झौता अनुसार जर्मनीले नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजान अबको तीन महिनापछि आवेदन खुलाउने गरी तयारी गरेको हो।
सम्झौता अनुसार नेपाली श्रमिकलाई जर्मनीमा एक वर्ष व्यावसायिक तालिम प्रदान गरी सम्बन्धित क्षेत्रमा रोजगारी उपलब्ध गराउने छ । जर्मनीसँग भएको श्रम समझदारीमा नेपाली श्रमिक शून्य लागतमा जर्मनी जान सक्ने छन् ।
जाने खर्चदेखि रोजगारीमा रहेको बेलाको खाने, बस्ने निःशुल्क हुने पनि दुई देशबिच यही २३ गते नेपाल र जर्मन सरकारबिच श्रम समझदारीमा उल्लेख छ । श्रम समझदारी अनुसार जर्मनले नेपाली श्रमिकका लागि अनलाइन प्रणालीबाट आवेदन माग गर्ने छ । जर्मन जान चाहने उमेर पुगेका नेपाली युवाले आवेदन दिन पाउने छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार यसका लागि जर्मनी भाषामा दोहोरो कुराकानी गर्न सक्ने हुनुपर्ने छ । त्यसपछि जर्मन सरकारले आवेदन दिइएका श्रमिक छनोट गर्ने छ । नेपाली श्रमिक निःशुल्क भिसा र टिकट (शून्य लागत) मा जर्मनी जान पाउने श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
प्रतिक्रिया