काठमाडौँ - हिन्दुहरुको महान् पर्व बडा दशैंको आगमनको उपलक्ष्यमा बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरका सम्पूर्ण मठ मन्दिरहरुको सरसफाइ गरिएको छ।
नेपाल सितोरियो करांते शाखा डोजो जितपुरको आयोजनामा खेलाडीहरु द्वारा मन्दिर प्राङ्गणको सरसफाइ गरिएको हो ।गढिमाई मन्दिर ,बङ्गाली बाबा मठ,शिव मन्दिर ,दुर्गा मन्दिर र दुर्गा माताको पण्डाल लगाायतका सम्पुर्ण मन्दिर तथा मन्दिरको प्राङ्गणको सरसफाइ करांते खेलाडीहरुले समाजप्रति आफ्नो उत्तरदायित्व दर्शाएको प्रशिक्षक मनोज कुमार साहले बताए ।खेलले खेलाडीहरुलाइ समाज र संस्कृतिकसंग जोड्दा उनिहरुमा अनुशासन बढ्नुका साथै समुदायप्रति आफ्नो उत्तरदायित्व पहिचान गर्न सक्ने क्षमता बढ्दै जाने भएकोले नेपाल सितोरियो कराते संघ शाखा डोजो जितपुरले गरेको आजको यश उदाहरणीय कार्यप्रति पुर्व कराते खेलाडी राजेश गुप्ता खुशी ब्यक्त गरे ।
प्रतिक्रिया