कोशी ,बागमती र गण्डकीमा अझै हटेन मनसुन आज सामान्य वर्षाको सम्भावना

आइतबार, २८ असोज २०८०, ०८ : ३७

आज काठमाडौँ उपत्यकामा बिहानै देखि मौसम सफा रहेको छ भने उपत्यका बाहेकका अन्य  पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै, आज राती कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार, २८ असोज २०८०, ०८ : ३७

प्रतिक्रिया