अनलाईन डेलिभरि प्लेटफर्म फेब बड सञ्चालनमा

सोमबार, २९ असोज २०८०, ११ : २०

काठमाडौँ- व्यवसायी देखि ग्राहकसम्मको समस्यालाई मध्यनजर गर्दै अनलाईन डेलिभरि प्लेटफर्म फेब बड सञ्चालनमा आएको छ ।

 हाल बजारमा देखिएको डेलीभरी समस्यालाई छिटो, छरितो र भरपर्दाे बनाउन फेब बड सञ्चालनमा आएको हो । यस डेलिभरी सर्भिसमार्फत व्यवसायीले सहि समयमा तोकेकै ठाउँमा आफ्ना ग्राहकहरुलाई भरपर्दो र छिटो सामान पठाउन सकिने छ ।  यस्तै, ग्राहकहरुले पनि आफूले भनेकै समयमा डेलिभरी लिई फेब बडको सर्भिसको लाभ लिन सक्ने छन् ।

फेब बड एक हाइपरलोकल डेलिभरी प्लेटफर्म हो जहाँ उपत्यकाभर विभिन्न सर सामानको डेलिभरी हुनेछ ।
 जुन दुवै तिर वास्तविक समय traking को साथ न्यूनतम समयमै हुन्छ । यस प्लेटफर्मले कुनै पनि समयमा पिकअप, तत्काल वितरण, किफायती वितरण शुल्क र उही दिन cash on delivery (cod) लर्गात विभिन्न सेवा प्रदान गर्दछ । 

 फेब बड कसरी प्रयोग गर्ने ?  
फेब बडको साथ जुडेर व्यक्तिगत तथा व्यापार वितरण गर्न एकदम सजिलो छ । यसका लागि तँपाईले प्लेस्टोरबाट fab bud एप डाउनलोड गर्नुहोस् र तपाईंको खाता दर्ता गर्नुहोस् । खाता दर्ता गरेपश्चात तँपाईले आफूलाई पाएक पर्ने सेवाहरू चयन गर्नुहोस् ।  


१. पिकअप र ड्रप सिर्जना गर्नुहोस् ।  
२. समर्पित डेलिभरी सवार बुक गर्नुहोस् । 
३. कुनै पनि स्टोरबाट खरीद गर्नुहोस् ।  

यस पश्चात तँपाईको नजिकै रहेको फेब बडको डेलिभरी सवारीले तपाईंको अनुरोध स्वीकार गर्नेछ  र तपाईंको पिकअप स्थानबाट पार्सल लिएर सिधा न्यूनतम समयमा डेलिभरी पुर्‍यउनेछ  । यसका साथै यदि डेलिभरीमा केहि नगद छ भने, फेब बड सवारले सो रकम संकलन गरेर तपाईंको इसेवा, खल्ती, बैंकलगाएत अन्य विभिन्न सेवाहरुमा एकैदिनमा रकम स्थानान्तरण गर्दछ । फेब बड तपाईंका अर्डरहरू कुनै पनि समयमा भनेको ठाउँमा उचित शुल्कका साथ डेलिभर गर्न सधै तयार रहन्छ ।  

सोमबार, २९ असोज २०८०, ११ : २०

प्रतिक्रिया