बिहानीपख डरलाग्दो झरी परेको उपत्यकामा दिनभरको मौसम कस्तो रहला

मंगलबार, ३० असोज २०८०, ०६ : ३७

हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको कारण देशका अधिकांश ठाउँमा यति बेला वर्षा भएको छ। बिहानीपख उपत्यकामा भारी वर्षा भएको हो । आज दिउँसो  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू९भागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली  रहनेछ। 

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै  र तराईका एक दुई स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। नेपालबाट केही दिन अगाडि नै मनसुन बाहिरिएको भए पनि थप केही दिन छिटपुट सामान्य तथा मध्यम वर्षा हुने मौसम विभागले जनाएको छ  । 

मंगलबार, ३० असोज २०८०, ०६ : ३७

प्रतिक्रिया