चिन्ताजनक स्थितिबाट अर्थतन्त्र माथि उठिसक्यो: अर्थमन्त्री डा.महत

६ महिना अगाडि

अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारको प्रयासले मात्र सम्भव नहुने भएकाले सबै क्षेत्र र पक्षबाट सामूहिक प्रयास थालिनुपर्ने बताएका छन।

विस्तारै अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेको बताउदै अर्थमन्त्रीले भनेका छन् ''सुधारका लागि सरकार र अर्थ मन्त्रालयको प्रयासले पुग्दैन सबैले आआफ्नो क्षेत्रबाट लाग्न जरुरी छ”, । अर्थमन्त्री डा महतले भने, “सामूहिक अठोटका साथ काम गरौँ । जहाँ अप्ठ्यारो छ, त्यसलाई फुकाउन अर्थमन्त्रालय तयार छ ।”

 आर्थिक सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको र सकारात्मक नतिजा पनि देखिँदै गएको महतले उद्घोष गरेका छन् । अर्थमन्त्री महतले मुलुकको अर्थ–सामाजिक विकासका लागि महिला सशक्तीकरणको आवश्यकता पनि औँल्याएका छन् ।

 हरेक क्षेत्रमा महिलाको सहभागिता बढाउँदै उनले जाने र समावेशी विकासको अवधारणा अँगालेपछि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा महिला सहभागिता बढेको बताए ।

६ महिना अगाडि

प्रतिक्रिया