काठमाडौँ- नेपालका त्यस्ता सङ्घर्षशील नारीहरूको गौरवमय गाथा लिएर आउदैछन् अनिल केशरी शाह । यसै सन्दर्भमा हिजो होटेल दूषित प्रिन्सेसमा एक कार्यक्रमको आयोजना गरेको थियो ।
नेपाली नारीहरूको हक हितका लागि लागिपर्ने र साथ साथै नारी टी.भि को समेत सञ्चालिका रहेकी निकिता पौडेलको प्रमुख आथिथ्ता मा सम्पन्न भएको उक्त कार्यक्रममा अनिल केशरी साह लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । नेपालका हरेक कुनामा बसोबास गर्ने नेपाली नारीहरूको कथा, व्यथा, दुख कष्ट तथा जिवनका भोगाई का बारेमा देखाउने उक्त पड्काष्ट शृङ्खलाको लक्ष्य रहेको छ ।
कार्यक्रममा बोल्दै अनिल केशरी शाहले उक्त पड्काष्ट शृङ्खलामा १२ जना त्यस्ता नेपालका उत्कृष्ट छोरी जसले नेपालको सामाजिक, राजनितिक तथा सरकारी क्षेत्रमा अमूल्य योगदान पुर्याएका छन् , नेपालीपना झल्काएका छन् उनीहरूलाई देखाउने प्रमुख उद्देश्य रहेको बताए ।
त्यस्तै उनले आफ्नो ममतामयी माता जो आफैमा उत्कृष्ट नारी हुनहुन्छ, उहाँको जीवनका भोगाई का बारेमा उपस्थित सापूर्णलाई अवगत गराए । "उनले भने म आफै एक Women Heroको कोख बाट जन्मिएको मान्छे हुँ र यसका साथै म छारिको बाउ पनी हुँ । नेपालमा हामीले हिरो भन्दा अधिकांशले पुरुषको विचार गर्छ, तर नारीहरु पनी धेरै हिरोहरु नेपालको छोरीहरु छन् । जसको पसिनाले, जसको बुद्धिले गरेर आज हाम्रो देश यहाँ पुगेको छ । नारी पड्काष्ट हुेर्नुहोला किनभने हामीले नारीमा छोरा हैन जतिसक्दो राम्रो छोरी कसरी हुनसक्छ भनेर देखाउने छौ ।"
यो समाज पुरुषहरूको मेहनतले मात्र होइन नारीहरूको त्याग समर्पण र सङ्घर्षले समेत सजिएको छ। त्यस्तै चुनिएका सङ्घर्षशील नारीहरूको गौरवमय गाथा "नारी... Celebrating Women Hero's of Nepal" नारी टिभीमा छिटै प्रसारण हुदैछ एक विशेष पड्काष्ट शृङ्खला हेर्न नभुल्नुहोला भन्दै नारी टि.भी लेआव्हान पनी गरेको छ ।
प्रतिक्रिया