एनआरएनको सम्मेलनमा महतको सम्बोधन, हामीले पासपोर्ट दिएर विदेश जाउ भनेको हो र ?

६ महिना अगाडि

अर्थमन्त्री डा.प्रकाश शरण महतले गैर आवासीय नेपालीको ज्ञान, सीप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा बोल्दै मन्त्री डा।महतले ‘नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेको बताएका छन्।’

मन्त्री डा महतले भने युवाहरूलाई लागिरहेको होला, यहाँ केही छैन, अरू गइसके, म पनि विदेश जानै पर्छ,महत आफ्नो भनाइमा थप्छन् , ‘यहाँ अवसर छ, अरू देश भौतिक रूपमा पूर्ण विकसित भइसकेका छन् । त्यहाँ गइसकेपछि एउटा संयन्त्रको पुर्जाका रूपमा फिट हुने हो । तर यहाँ प्रशस्त सम्भावना छ, त्यसलाई हेर्ने दृष्टिकोण सूक्ष्म चाहिन्छ।’

जे चलिरहेको छ, त्यसैले चल्छ भन्ने हाम्रो मानसिकता छ, यसलाई तोड्न केही समय लाग्ने बताउनु हुँदैन मन्त्री डा।महतले भने, ‘अर्को क्षेत्र भनेको पर्यटन हो । यसले पनि आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । मध्यपूर्वलगायत कोरिया गएकाहरू फर्किदा सानो पुँजीसँगै ज्ञान पनि लिएर फर्किएका छन् । अनुदार र करको सुरक्षा सरकारले गर्छ । यसबाट उत्पादन बढाउने सरकारको योजना छ ।’

‘नेपालमा धेरै नकारात्मक भावना फैलिएको छ, अब सकारात्मक भावना फैलाउ मन्त्री डा महतले भने, ‘सबै चोरै हुन्, सबै फटाह हुन् भनेर एउटै बास्केटमा नहालौँ । जो इमानदारीपूर्वक काम गरिरहेको छ, उसलाई प्रोत्साहन गरौँ । सकारात्मक सन्देश फैलाउन एनआरएनए सही प्लेटफर्म हो ।

०४६ सालपछि हाम्रो कूलग्राहस्थ  उत्पादनमा ६० गुणाले वृद्धि भएको छ, प्रतिव्यक्ति आय ७ गुणाले वृद्धि भएको छ, औसत आयु ५४ वर्षबाट ७२ वर्ष भएको मन्त्री डा। महतले जानकारी दिए । राजश्व अनुपात कुलग्राहस्थ  उत्पादनको अनुपातमा दोब्बर बढेको छ, विद्युत पहुच ९७ प्रतिशतभन्दा बढी छ ।

 गाउँ गाउँमा सडक सञ्जाल पुगेको छ, बाल मृत्यु दर २७ मा झरेको छ । २५४ बाट मातृ मृत्युदर ८५० बाट १५१ मा झरेको मन्त्री डा। महतले जानकारी दिँदै भने, ‘यसका बाबजुद हामीले यो उपलब्धि हासिल गर्‍यौँ भनेर सन्तुष्ट हुने ठाउँ छैन, अपेक्षा अत्यन्त ज्यादै छ ।’

‘व्यक्तिको इच्छा, क्षमता र योग्यता पूर्ति गर्न कुनै सीमाले रोकिनु हुँदैन । पासपोर्ट दिएर देश छोड सरकारले भनेको होइन, यो व्यक्तिको स्वतन्त्रता हो । यो स्वतन्त्रता उपभोग गर्दै लाखौँ नेपालीहरूले आफ्ना आकाङ्क्षा पूर्ति गर्न मुलुक बाहिर गएका हुन्, मन्त्री डा महतले भने, ‘तर के सधैँ बाहिरै जानुपर्दैन, मलाई लाग्छ, गैर आवासीय नेपालीहरू फर्किनु हुन्छ । यहाँ अवसर छ, यो अवसर हामीले सूक्ष्म दृष्टिले हेर्नुपर्छ ।’

६ महिना अगाडि

प्रतिक्रिया