एनआरएनएमा मतदान जारी , महेश श्रेष्ठलाई समर्थन गर्दै थापाको उम्मेदवारी फिर्ता

विहीबार, ०२ कार्तिक २०८०, ०८ : ३२

 गैर आवासीय नेपाली सङ्घ ९एनआरएनए०को नयाँ नेतृत्व चयन गर्न बुधवार राति १२ बजेदेखि अनलाइन मतदान सुरु भएको छ।  अध्यक्ष पदका लागि बद्री केसी, महेश श्रेष्ठ, आरके शर्मा मुख्य प्रतिस्पर्धी छन्। नेपाली  समयानुसार  बिहीबार राति १२ बजेसम्म  मतदान हुने छ।  

संसारभर रहेका झन्डै ४ हजार २०० मतदाताहरुले मतदानमा भाग लिन पाउने छन्। यसैबीच संघकी वर्तमान अध्यक्ष रबिना थापाले अध्यक्ष पदका अर्का उम्मेदवार महेश श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।

बुधवार बेलुकी एक प्रेस वक्तव्य जारी गर्दै थापाले सङ्घलाई एकताबद्ध गर्न आफूले त्यस्तो निर्णय गरेको जनाइन्। ‘अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठले आफू निर्वाचित भएको ३ महिनाभित्रै सङ्घलाई एकताबद्ध गर्ने स्पष्ट कार्य योजना अगाडि सार्नुभएकोले म त्यसको स्वागत र समर्थन गर्दछु। सङ्घभित्र एकता पक्षधर बलियो बन्नु भनेको सङ्घलाई नै बलियो बनाउनु हो। 

त्यसैले मैले अध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु,’ थापाले आफ्नो वक्तव्यमा भनेकी छन्। २०२१ (२३ कार्यकालका लागि सहमतिको आधारमा अध्यक्षमा चयन भएकी थापाले निर्वाचित अध्यक्ष भएर दोस्रो कार्यकाल पनि चलाउने बताउँदै उम्मेदवारी दिने जनाएकी थिइन्। तर महेश कुमार श्रेष्ठ र उनको टिमसँग सघन वार्तापछि उनले उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी हुन्। 

विहीबार, ०२ कार्तिक २०८०, ०८ : ३२

प्रतिक्रिया