दशैं मुखैमा रहेको समयमा नवलपुरको देव चुलीमा रहेको चौधरी ग्रुपका मजदुरहरू आन्दोलित भएका छन्। चौधरी ग्रुपको सिजी ब्रुअरीमा काम गर्ने मजदुरहरूले वार्षिक रूपमा पाउने गरेको बोनस रकम यो पटक नदिएको भन्दै आन्दोलित भएका हुन्।
गत वर्ष न्यूनतम तलब खाने कर्मचारीले पनि दसैँमा बोनस पाए पनि यो पटकदेखि एक रुपैयाँ पनि बोनस नदिएकोले आन्दोलन गर्नु परेको मजदुरहरूले बताएका छन्। सिजी ब्रुअरीले गत वर्ष २८ लाखको बियर बेचेकोले त्यसबाट भएको फाइदाबाट बोनस रकम पाउनु पर्ने मजदुरहरूको भनाइ छ।
तर उद्योगले भने उल्टै प्रशासनको सहयोगमा मजदुर माथि प्रहरी दमन गरेको मजदुर नेता शशी सिग्देलले बताए। प्रहरीको लाठी प्रहारबाट १२ जना मजदुर घाइते भएको उनको भनाइ छ। प्रशासनसँग पटक पटक छलफल गर्दा पनि प्रशासनले मजदुरको मागप्रति चासो दिनुको साटो उल्टै प्रहरी दमन गरेको सिग्देलले बताए।
प्रतिक्रिया