संस्कृतिविद् प्रा.डा. जगमान गुरुङ्गको आँखामा दसैं

६ महिना अगाडि

दसैँ सद्भावको पर्व हो । शक्ति उपासना र प्रकृति उपासनाको पर्व हो । यस पर्वका अवसरमा विभिन्न पार्टी तथा संघ–संस्थाले शुभकामना आदानप्रदान कार्यक्रम राख्दै आएका छन् । तर, कतिपयले यस्ता कार्यक्रममा अनावश्यक रूपमा ठूलो धनराशि खर्च गर्छन्, जुन गलत छ । हामीले धेरै खर्च गरेर भड्किलो बनाउनेभन्दा पनि दसैँको महत्व र सद्भावलाई प्रवद्र्धन गर्नेतर्फ ध्यान दिनुपर्छ । जुवा–तासमा ठूलो खर्च गर्ने, माछा–मासु, मदिराको अधिक खपत गर्ने ९ यो स्वास्थ्यका लागि पनि राम्रो होइन०लगायत कुरा हामीले नियन्त्रण गर्न सक्नुपर्छ । 

शरदीय दुर्गा पूजा हो, बडादसैँ । यतिवेला उपासना गर्दा देवी विशेष खुसी हुन्छिन् भन्ने मान्यता छ । नवरात्रमा पूजा गर्दा हाम्रो शरीरका छिद्रहरूले ग्रहण गर्ने आशक्ति हटाउन र त्यसलाई पुनर्ताजगी गर्न मद्दत मिल्छ । जस्तो स् आँखाले खराब देखेको छ, मनमा कुविचार पलाएको छ भने नवरात्रमा साधना गरेर यस्ता मोह र आशक्तिमाथि विजय हासिल गर्न सकिन्छ । अशक्तिमाथि विजय हासिल गरेर छिद्रहरूलाई थप सबल बनाएपछि त्यसैको खुसीमा दसैँको टीका थाप्ने हो । मान्यजनबाट आशीर्वाद लिने हो । 

६ महिना अगाडि

प्रतिक्रिया