उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फिर्ता

बुधबार, ०८ कार्तिक २०८०, १३ : १२

काठमाढौं – जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किनुभएको छ ।  चीनको भ्रमणमा रहँदा उहाँलाई  हृदयाघात भएपछि चीनको राजधानी बेइजिङमा उपचारार्थ भर्ना गएिको थियो । 
यही १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन ९बिआरएफ०मा सहभागी भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो ।  

उपप्रधानमन्त्री श्रेष्ठलाई यही कात्तिक १ गते हृदयाघात भएको थियो । उहाँको छातीमा ‘स्टेन्ट’ राखिएको छ । उहाँको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनसम्म उपचार भएको थियो । चिकित्सकहरुले अझै केही मिल विश्राम लिन सुझाएका छन् ।    
  

बुधबार, ०८ कार्तिक २०८०, १३ : १२

प्रतिक्रिया