काठमाडौं – नेपालको चार दिने भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेका छन् । । हिजो बिहान सगरमाथा नजिकै पुगेका महासचिव आज अन्नपूर्ण आधार शिविर गएका हुन्।
उनी हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको असरबारे जानकारी लिन त्यहाँ गएकोएको बताइएको छ ।
महासचिवको टोली नेपाली सेनाको तीन वटा हेलिकोप्टरमा पोखराबाट बिहान आधार शिविर पुगेको हो । एमआई १७ मा १५ जना, एनए ०३८ मा १३ जना र त्यसअघि सुरक्षा समूह रहेको एनए ०५५ हेलिकोप्टर आधार शिविर गएको बताइएको छ ।
अपरान्ह काठमाडौं फर्केर संसदको संयुक्त बैठकलाई सम्बोधन गरेपछि भोलि बिहान उहाँ चार दिने नेपाल भ्रमण पूरा गरेर दोहा हुँदै लण्डन फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया