सुपारी आयातमा  करोडौँको चलखेल

मंगलबार, १४ कार्तिक २०८०, ०९ : ४४

काठमाडौं – बन्द रहेको सुपारी आयात खुलाउँदा करोडौंको चलखेल भएको थाहा हुन आएकोृ छ । सरकारले दशैँको अन्तिम समयमा सुपारी, केराउ र मरिचको आयात गुपचुपमा खुलाएको छ । श्रीराम गुट्खा उद्योगमा कमलकिशोर मालपानी, विराटनगरका उद्योगी दिनेश राठीको सहयोग र संलग्नतामा सरकारले चालू आर्थिक वर्षका लागि सुपारी, केराउ र मरिचको आयात खुलाएको स्रोतको दाबी छ  ।

सुपारी आयात खुलाउन ठूलै गिरोह संलग्न छ भएको उद्योग मन्त्रालय स्रोतले बताएको छ ।  । केही दिनअघि गुपचुप रुपमै सुपारी आयात खुला गर्ने निर्णय भएको थियो । तर, त्यो सूचनालाई राजपत्रमा प्रकाशित भने गरिएको थिएन । गत शुक्रबार दशैँ बिदाको मौका पारेर राजपत्रमा सूचना प्रकाशित भएको छ ।

मन्त्रिपरिषद्को बैठकले औद्योगिक प्रयोजनका लागि खुला गर्ने निर्णय गरेबमोजिम शुक्रबार राजपत्रमा प्रकाशन गरिएको हो । दुई वर्षअघि औद्योगिक प्रयोजनमा के कसरी आयात दिने भन्ने कार्यविधि बनाइएको थियो । त्यसलाई नै आधार मान्ने गरी आयात खुलाइएको सरकारको दावी छ ।

मंगलबार, १४ कार्तिक २०८०, ०९ : ४४

प्रतिक्रिया