अर्थतन्त्र धराशायी होइन सकारात्मक बाटोमा गइरहेको छ : अर्थमन्त्री महत

५ महिना अगाडि

अर्थमन्त्री डा.प्रकाश शरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका छन्। प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका हुन् । उनले अर्थतन्त्र धराशायी भयो भन्ने प्रचार सही नभएको भन्दै अब ब्याजदर घट्ने बताएका छन्।

त्यस्तै,जग्गाको कारोबार,पर्यटक र रेमिटेन्स पनि बढिरहेको बताएका छन्। उनले भने,“धराशायी केही पनि छैन। तपाईँहरू पटक–पटक धरायसी, धराशायी भन्नुहुन्छ। अहिले अर्थतन्त्रले बिस्तारै पिक अप गरिराखेको छ। अब ब्याजदर पनि घट्छ । जग्गाको कारोबार, पर्यटक, रेमिट्यान्स्  बढिराखेको छ। अर्थतन्त्रमा अर्थ आएको छ।”

“नकारात्मक कुराहरू बजारमा गएको हुनाले आत्मविश्वासको कमी थियो । आत्मविश्वास कमी भएको अवस्थामा खर्च गर्नेले पनि नगर्ने, लगानी गर्न पनि हिचकिचाउने परिस्थिति थियो।अब त्यो परिस्थिति बिस्तारै अन्त्य भइराखेको छ।अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछ,” उनले भने।

५ महिना अगाडि

प्रतिक्रिया