जाजरकोट भूकम्पप्रतिदुःख व्यक्त गर्दै मोदीले भने सहयोग गर्न तयार छौँ

शनिबार, १८ कार्तिक २०८०, ०९ : २७

जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति भारती प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। भारत नेपाली जनताको दुःखको बेला साथमा रहेको बताउँदै हर सम्भव सहयोग गर्ने तयार रहेको मोदीले बताएका छन् ।

प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । जाजरकोटकोको बारेकोट केन्द्रबिन्दु भएर शुक्रवार राति ६.४ म्याग्निच्युडको भूकम्प हालसम्म १२८ बढीको मृत्यु भएको छ।

उता भूकम्पले क्षतिग्रस्त भएको जाजरकोट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्। प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई भेटेर त्यहाँको अवस्थाबारे बुझेको र केही बेरमा स्थलगत अध्ययनका लागि जाने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

narendra

शनिबार, १८ कार्तिक २०८०, ०९ : २७

प्रतिक्रिया