अन्तर्राष्ट्रिय व्यापारीलाईका लागि लगानीमैत्री वातावरण निर्माण गरेका छौ : राष्ट्रपति पौडेल

५ महिना अगाडि

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् छ।

एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई) को संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने ३७औँ क्यासी सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन् ।  

राष्ट्रपति पौडेलले आर्थिक विकासको तीव्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्न लगानी र व्यापारका क्षेत्रमा धेरै अवसर रहेको धारणा राखेका छन् ।

“नेपाली विद्युत्को बजार अब भारत र बङ्गलादेश पनि बन्दै छ, विद्युत् व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युत लगानी गर्न चाहने उद्यमीका लागि महत्त्वपूर्ण अवसर खुलेको छ । म नेपालको जलविद्युत्को क्षेत्रमा लगानी गर्न तपाईँहरू सबैलाई आह्वान गर्दछु”, पौडेलले भने ।

सो अवसरमा राष्ट्रपति पौडेलले शुक्रवार राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीलाई समेत अपिल पनि गरेका छन्।

“नेपालमा लगानीका क्षेत्र बढ्दै गएका छन् र लगानी सहज बनाउनका लागि कानुन निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले सम्बोधनका क्रममा भनेका छन् ।

 उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्र नभएर, नवप्रवर्तनलाई अँगाल्ने, विविधतालाई सघनीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठुला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार भएको बताउँदै, यो भावनालाई अगाडि बढाई रहन विश्वास व्यक्त गरेका छन्”,

नेपाल भौगोलिक रुपमा चीन र भारतबिच हुनु व्यापारका लागि रणनीतिक फाइदा भएको भन्दै उनले यो स्थितिले नेपाललाई ती विशाल उपभोक्ता बजारमा पहुँच स्थापित गर्न खोज्ने व्यवसायका लागि प्राकृतिक प्रवेशद्वार बनाउने बताएका छन् ।

५ महिना अगाडि

प्रतिक्रिया