वाक्कलाको परिचय र उपयोगिता

सितल कडेल

५ महिना अगाडि

वाक्कला भाषाको कलात्मक अभिव्यक्ति हो ।  यसलाई अग्रजीमा च्जभतयचष्अ भनिन्छ । यसले मानवीय समाजलाई समुच्च स्थानमा स्थापित गर्दछ । त्यस्तै अन्य सजिव भन्दा अलग पार्ने महत्वपुर्ण सिप हो वाक्कला । र यो वाक्कला शब्द तत्सम शब्द हो । व्युत्पन्न शब्द पनि हो । 
           संंंक्षेपमा भन्नु पर्दा यसलार्ई तत्सम व्युत्पन्न शब्द पनि भनिन्छ । यो शब्दबाट वाक्कला शब्द बनेको पाइन्छ । वाकको अर्थ वाणी र कलाको अर्थ हो सिप वा सिल्प यसबाट वाणीका कथन अभिव्यक्ति वा कुनै पनि किसिमको भनाइलाई प्रसंङ्ग र प्रयोग क्षेत्र अनुसार रमाइला, रोचक,कुरालाई अभिव्यक्ति दिनु नै वाक्कला हो भन्ने स्पष्ट हुन्छ । 
             मान्छे जति सुकै सुन्दर होस् अथवा जतिसुकै सुन्दर उज्जवल गहनाको झकिझकाउ होस् कि त अन्तर लोप, स्नान, फुल तथा अलङ्कृत कपालले नै बाहिरि आकृति सुशोभित होस् । ति सबै गरगहना, सुन्दरता, अलंकारका सामानहरु नसावान छन् भने आफुसंगै रहिरहेको भाषा रुपी गहनाले मासिसलाई सिङ्गार्छ । यो गहना सबैमा निहित रहेको छ ।
             त्यसैले भाषा रुपी गहनाले सुसजित हुनु वाक्कलाको विशेषता हो । देश,काल,परिस्थितिको सीमा नाघेर रहिरहने कुनै गहना छ भने त्यो गहना वाक्कशक्ति हो । मान्छेको शरिर नासवान छ । यो नाश भएपनि चीरकालसम्म उसलाई जिवित राख्ने तत्व भनेको उसको कृति मध्यको एक कृति वाक्कला हो । त्यसैले आजपनि हामी वाक्कलाको कुरा गर्दा प्राचीन युगमा महाविरहरुका भनाई र संसारका विद्धान वर्गका भनाइलाई लिन्छौ । त्यस्ता महान् व्यक्तिका भनाईलाई आफ्नो भनाईको ठाउँ‐ठाउँमा प्रयोग गरेर आफ्नो भनाई पनि सिगारिन्छ ।  आफ्नो बोल्ने शैलीलाई प्रभावशाली पारीदिन्छ । र, हाम्रो मानव समुदायमा छुट्टै सम्मान स्थापित गरिदिन्छ । साथै प्रभावशाली वाक्यशैलीले ”सुन्दैनन् यदि सुन्नेले बोन्लेले मात्र के गर्नु ? ” नाङ्गाका देशमा धोवी गई पाउँछ के ? यी उक्तिहरु प्नि प्रसंसनीय नै रहेको पाईन्छ । 

वाक्कलाको उपयोगिता 
          वाक्कला मानवीय कला हो । सामान्यतयाः कला भन्नेवित्तिकै सृष्टिको सम्राट अन्य  प्राणीहरुमा श्रेष्ठमान्छे र उसको भावना,कल्पना, उसभित्रको सौन्दर्य प्रेम, संसारलाई राम्रो देख्ने दृष्टिकोण हो । यसै अनुसार आफुलाई राम्रो बनाउने र राम्रो रुपमा प्रस्तुन गर्ने उत्कृष्ट भावानासंग सम्बन्धित कुरा हो । यसै क्रममा मान्छेले विभिन्न किसिमका कलाहरुको सृजना गरिएको पाईन्छ । यस मध्यमा ६४ कलाहरुको विशेष चर्चा भएको देखिन्छ । यी ६४ नै कलाहरु मानव जीवनसंग सम्बन्धित छन् । यी कला मध्य ५ मुख्य कलालार्इृ ललिताकला भनिन्छ । 
                                                                                                                               
ती मुख्य कलाहरु मध्य संगीत कला, नृत्य कला, चित्र कला , वस्तु कला, भाषीक अर्थात साहित्यिक  कला वा जीवनपयोगी, मान्छेलाई व्यवहार कुशल बनाउने, मान्छेको व्यक्तिलाई विकशित बनाउने लोकप्रिय बनाउने एउटा महत्वपुर्ण कलाको रुपमा वाक्कलालाई लिन सकिन्छ । यो वाणि वा बचनको कला भएकोले यो बोक्ने सिपमा आधारित हुन्छ । यसै कारणले विद्धान विदुषीहरुले सबै भन्दा ठुलो गहनाको रुपमा वाणीलाई लिएको पाईन्छ । 
       त्यसैले भनिन्छ ”वाणी रुपी गहना नै वास्तविक गहना हो” यसै गरी अर्को प्रसंङ्गमा भनिएको छ ”बोलिमा के गरिब हुनु ” यी उक्तिहरुले मान्छे स्पष्ट वक्ता हुनु पर्दछ । मनमा जस्तो कुरा भएता पनि मिठो बोल्नुपर्छ भन्दै वाक्कलाई जीवनको महत्वपुण्र्न कुराको रुपमा प्रतिपादन गरिएको पाईन्छ । यस कारण मानव जीवन र वाक्कलाको  अत्यन्त घनिष्ट सम्बन्ध रहेको पाईन्छ । संक्षेपमा भन्नुपर्दा सृष्टिको सम्राटको रुपमा रहेको मानव जीवनमा वाक्कलाको विशेष महत्व देखिन्छ । 
 

५ महिना अगाडि

प्रतिक्रिया