टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति सत्ताधारी दलका नेताको आपत्ति

५ महिना अगाडि

सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो । टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। 

टिकटक बन्द गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयप्रति  सत्ताधारी दलका नेताहरूले असहमति जनाएका छन् । सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि नेपाली काँग्रेसका महामन्त्री गगन थापाले असहमति जनाए । उनले टिकटक बन्द गर्ने सरकारी निर्णय गलत भएको बताए। 

उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै सरकारले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भए पनि नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत भएको उल्लेख गरे ।यस्तै सरकारको टिकटक बन्द गर्ने निर्णयमा प्रमुख प्रतिपक्ष नेकपा एमाले, प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले पनि असहमति जनाएका छन् । 

एमाले महासचिव शङ्कर पोखरेलले नियमनका नाममा प्लेटफर्म नै बन्द गर्ने कुरा उचित नभएको बताए । महासचिव पोखरेलले नियमनकारी कानुन बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित नभएको टिप्पणी गरेका हुन् ।

 

५ महिना अगाडि

प्रतिक्रिया