विवेकशील साझा पार्टीद्वारा नयाँ बर्षलाई संगठन वर्ष घोषणा

६ बर्ष अगाडि

काठमाडौं–विवेकशील साझा पार्टीले नयाँ बर्षलाई ‘संगठन बिस्तार बर्ष–२०७५’ घोषणा गर्ने निर्णय गरेको छ। पार्टीले गत निर्वाचनमा आम सदभावका कारण २ लाख १२ हजारभन्दा बढी मत हासिल गरे पनि पार्टीको तहगत संगठन निर्माण भने नभई नसकेको जनाएको छ । साझा पार्टीका केन्द्रिय सदस्य तथा संगठन विभाग प्रमुख मुमाराम खनालले शनिबार जारी गरेको विज्ञप्तिमा सापेक्षिक बलियो संगठन विनाको सदभावले मात्र मुलुकलाई रुपान्तरण गर्ने पार्टीको चाहना पूरा हुँदैन भन्नेमा आफूहरु सचेत रहेका बताउँदै भनेका छन्, ‘यसै तथ्यलाई मनन गरि हामीले २०७५ सालमा देशव्यापीरूपमा संगठन विस्तार गरी कम्तिमा पनि एक लाख पार्टी सदस्य बनाउने लक्ष्य लिएका छौं, जसले पार्टीको पहिलो महाधिवेशनको लागि धरातल निर्माण गर्नेछ।’ साझा पार्टीले संगठन विस्तारको अभियानमा देशविदेशमा रहेका नेपालीको सद्भाव रहने विश्वास समेत लिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया