नेपालीलाई रुसी सेनामा भर्ती हुन पठाउने गिरोहमा को छन् ?

५ महिना अगाडि

काठमाडौं – रुसी सेनामा कार्यरत छ नेपाली नागरिकको ज्यान गएको विवरण सार्वजनिक भएलगत्तै सरकारी निकायहरूले घुमाउरो बाटोबाट नेपालीहरूलाई रुस पुर्‍याउने गिरोहमाथि निगरानी बढाइएको बताएका छन्।

त्यस्ता गिरोहले भारत पुर्याएका अझै केही नेपालीहरू दिल्लीका होटलहरूमा रहेको आशङ्कामा नेपाल सरकारले ुभारतीय प्रहरीको पनि सहयोग लिएर अनुसन्धान भइरहेकोु जनाएको छ।

प्रहरीले रुसी सेनामा भर्तीका लागि नेपालीहरूलाई अवैध बाटोबाट मस्को पुर्‍याउने कार्यमा संलग्न भएको आरोपमा शैक्षिक परामर्श दिने कतिपय ुकन्सल्टेन्सीु को कार्यालयका सञ्चालकसहित १२ जना पक्राउ गरिएको जनाएको छ।

यस्तो गिरोहले नेपाली युवाहरूलाई भारत र यूएईको बाटो हुँदै रुस पुर्‍याउने गरेको प्रहरीको दाबी छ।

प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका व्यक्तिहरूमार्फत् उनीहरूलाई तेस्रो देश हुँदै रुस पुर्‍याउने गरिएको जानकारी आएको काठमाण्डू प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताए।

“रुसको भिजिट भिसामार्फत् पनि लगेको देखिएको छ। उनीहरूलाई लैजानका लागि भारत र यूएईको दुबई पुर्‍याइएको छ,” उनले भने।

“विद्यार्थीलाई पढ्न पठाउने कन्सल्टेन्सी सञ्चालकले व्यक्तिहरूलाई सम्पर्क गरेर बाहिर पठाएको पाइएको छ।”

प्रहरीका अनुसार कतिपय नेपालीलाई रुसबाटै निमन्त्रणापत्र मगाएर पनि मस्को पठाउने गरिएको अनुसन्धानका क्रममा पाइएको छ।

“उनीहरुलाई सेनामै लगिएको भन्ने देखिँदैन तर जानेहरूलाई यसबारे जानकारी भएकै हुनुपर्छ जस्तो लाग्छ,” ढुङ्गेलले भने।

प्रहरीले रुस पठाउने व्यक्तिहरूबारे कुनै जानकारी र उजुरी भए खबर गर्न पनि सर्वसाधारणहरूलाई अनुरोध गरेको छ। पक्राउ परेकाहरूबाट अनुसन्धानपश्चात् थप व्यक्तिहरू यसमा संलग्न रहे नरहेको खुल्ने प्रहरीको दाबी छ।

बिबिसीबाट

५ महिना अगाडि

प्रतिक्रिया